

सशस्त्रमा नयाँ कार्यविधि : अति दुब्ला र मोटाको बढुवा नहुने, युएन मिसनका लागि पनि बन्देज

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले विदेश तालिमसम्बन्धी नीति तर्जुमा गर्दे प्रहरी कर्मचारीलाई शारीरिक स्वस्थता कायम राख्नका लागि विशेष कार्यविधि बनाएको छ ।
तालिमका लागि विदेश जाने प्रहरी कर्मचारीको छनौटमा पारदर्शिता कायम गर्नका लागि सशस्त्रले शारीरिक स्वस्थता पनि कार्यविधि प्रयोगमा ल्याएको हो । यही कार्यविधिअनुसार नियमावली बन्ने क्रममा छ ।
सोही अनुसार अति मोटा र अति दुब्ला सशस्त्र प्रहरीलाई युएन मिसनमा जान रोक लगाइएको छ । हाइट अनुसारको तौल नभएका अति दुब्ला र अति मोटा सशस्त्र प्रहरी कर्मचारी विदेश तालिममा जान पाउने छैनन् ।
यस्तै उनीहरूको बढुवा हुने छैन र कमान्डरको जिम्मा पनि नपाउने भएका हुन् । ‘बीएमआई परीक्षण’ स्वास्थ्य वर्गिकरणसम्बन्धी कार्यविधि २०७९ बनेको सशस्त्र प्रहरी बलले जनाएको छ ।