

ब्रिटिस आर्मीमा कार्यरत संगमले गुमाए बेलायतमै ज्यान, नेपालमै गरियो अन्तेष्टी

उर्लाबारी । ब्रिटिस आर्मीमा कार्यरत उर्लाबारी–७ का २३ बर्षीय संगम कुलुङ राईको मृत्यु भएको छ । बेलायती सेनामै कार्यरत रहेका बेला संगमको ४५ दिन अघि मृत्यु भएको जनाइएको छ ।
उनको शव नेपाल ल्याएर उर्लाबारीस्थित घरमा शोकसभा गरिएको थियो । उनको शव उनीसँग कार्यरत ब्याजीसहित ब्रिटिस आर्मीका कमाण्डरहरुले घर सम्म ल्याएका थिए । शनिबार पथरीशनिश्चरेको जयचोकमा अन्तेष्टी गरिएको हो ।
उनको मंसिर २२ गते मृत्यु भएको जनाइएको छ । संगमकी एक श्रीमती छिन् ।