

पत्रकार सम्मेलनमार्फत् रवि लामिछानेको प्रश्न, ‘सरकारले जीबी राईलाई किन समाएन ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीका मुख्य आरोपी गितेन्द्रबाबु (जीबी) राईलाई सरकारले किन समाएन भनेर प्रश्न गरेका छन् ।
सहकारी ठगी प्रकरणमा सभापति लामिछानेको समेत नाम मुछिए पनि प्रष्ट पार्न सोमबार आयोजित पत्रकार सम्मेलनमा लामिछानेले आफूविरुद्ध लागेका आरोपहरुको प्रमाण संकलन गरिरहेको र कानुनी उपचारमा जाने तयारी गरेको भन्दै जीबी राईलाई सरकारले किन नपक्रेको भनेर प्रश्न गरेका हुन् ।
‘पूर्व उपप्रधानमन्त्रीलाई समाउन सक्ने सरकारले जीबी राईलाई किन समाउन सक्दैन र ? एकजना जीबी राईलाई समाउन सक्दैन र ? तर मलाई कताकता यो फायल खोल्दै जाँदा उहाँहरुका आफन्त धेरैको नाम आउँछ कि भनेर हो कि म हेर्दैछु उहाँहरुलाई’, लामिछानेको भनाइ छ ।