एसएसपी कार्कीलाई नेपाल प्रहरीकाे सूचना अधिकारीको जिम्मेवारी

काठमाडाैं । नेपाल प्रहरीको निमित्त केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीलाई दिइएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरिक्षकको सचिवालयमा कार्यरत कार्कीलाई निमित्त केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी तोकिएको हो।

यसअघिका प्रवक्ता डीआईजी कुवेर कडायतको सरुवा भएसँगै निमित्तको रुपमा कार्कीलाई ल्याइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *