ज्योति प्रकाशको संगीतमा वर्तमान नेपाल झल्काउने ‘नजाने भो हाम्रो दुःख’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपालको वर्तमान सामाजिक परिस्थितिको यथार्थ झल्काउने किसिमको नजाने भो हाम्रो दुःख बोलको गीत सार्वजनिक गरिएको छ ।

ज्योतिप्रकाशको संगीत र शिशिर योगीको स्वरमा रहेको गीत ‘नजाने भो हाम्रो दुःख’ मा शब्द भने नारद पोखरेलको रहेको छ ।

राजधानीमा आयोजित एक विशेष समारोहबीच सार्वजनिक गरिएको उक्त गीतमा सुरविर पण्डीत, रश्मि भट्ट, राजानन्द माण्डव्यलगायतका कलाकारको अभिनय रहेको छ ।

दीपेन्द्रप्रकाश केसीले निर्देशन गरेको उक्त भिडियोमा नेपालका ग्रामीण भेगमा अहिले भइरहेको वास्तविकतालाई उतार्ने प्रयास गरिएको छ ।

गाउँघरमा आफ्ना सन्तान नहुँदा बाबुआमाले भोग्नुपरेको पीडा, पछिल्लो समय युवाहरू विदेश पलायन हुँदा गाउँघरमा बाझो बन्दै गएको खेतवारी, साथै समग्रमा व्यवस्था बदलिए पनि नेपालीको अवस्थामा परिवर्तन नआएको कुरालाई विशेष जोड दिँदै तयार पारिएको छ । गीतको भिडियो ओएसआर डिजिटल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गोबिन्द अञ्जानको छायांकनमा तयार गरिएको भिडियोमा कल्पेश बिश्वकर्माको सम्पादन छ ।

भिडियोः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *