रथीका लागि बढुवा सिफारिस भए उपरथी थापा

काठमाडौं । नेपाली सेनाको रिक्त रथी पदमा बढुवाका लागि उपरथी निर्मलकुमार थापा सिफारिस भएका छन्।

बढुवा समितीले बुधबार थापाको नाम सिफारिस गर्दै ७ दिने सूचना निकालेको छ। थापा ज्येष्ठ उपरथी थिए।

सीताराम खड्काले अनिवार्य अवकाश पाएपछि सेनामा रथीको एउटा दरबन्दी रिक्त बनेको थियो।

नेपाली सेनामा रथीको दुईवटा दरबन्दी रहेकामा अशोकराज सिग्देल यसअघि नै बढुवा भइसकेका थिए। ज्येष्ठताका आधारमा सिग्देल आगामी प्रधानसेनापति बन्ने लाइनमा उभिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *