

Harka Sampang A Revolution: हटाए कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो, राखे राजा यलम्बरको तस्बिर !

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो हटाएका छन्।
साम्पाङले बुधबार देशका दुवै शीर्ष व्यक्तिको फोटो आफ्नो कार्यकक्षबाट हटाउने घोषणा गरेका थिए।
उनले हिजो सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसबारे पूर्वघोषणा गरेका थिए । त्यसैबमोजिम उनले आज राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउदै किराँती राजा यलम्बरको फोटो टाँसेका छन् ।
मेयर साम्पाङले बुधबार सामाजिक सञ्जालमा लेखेका थिए, ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु ! जय देश ।’
धरानको विकासका लागि आफूले मागेअनुसार बजेट र सहयोग नगरेको गुनासो गर्दै आएका उनले यसअघि पनि सामाजिक सञ्जालमार्फत रोष प्रकट गर्दै आएका छन् ।