नवलपुर कांग्रेसबाट दुर्गा रानासहित २२ जना राष्ट्रिय सभाका लागि सिफारिस, पूर्वमुख्यमन्त्री कृष्णचन्द्र अपांगता कोटामा

नवलपुर । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट नवलपुर जिल्लाका २२ जना सिफारिस भएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेशले पूर्वमुख्यमन्त्रीदेखि लिएर अन्य नेताहरुलाई राष्ट्रियसभाका लागि सिफारिस गरेको छ । सिफारिसअनुसार पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल अपांगता/अल्पसंख्यकबाट सिफारिसमा परेका छन् ।

नवलपुरबाट राष्ट्रिय सभाका लागि सिफारिस हुनेमा दुर्गाबहादुर राना, ओमप्रसाद सापकोटा, कमलराज पुरी, कमानसिंह थापा, जगतबहादुर कार्की, डिल्लीकुमार श्रेष्ठ प्रेम बहादुर वि.क., भानु सिग्देल, हरिराज गौतम, हेमराज कोइराला अन्य कोटामा परेका छन् भने महिलामा ओमकला चालिसे (गौतम), ओमकुमारी महतो, खगिसरा गुरुङ, दुर्गादेवी भट्टराई, लक्ष्मी मैनाली, विष्णुदेवी पाण्डे, शारदा विक र सुमित्रा खनाल रहेका छन् ।

त्यस्तै अपांगता÷अल्पसंख्यकबाट पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, ईदबहादुर महतो, गिरीराज ढकाल र प्रताप कोइरालालाई राष्ट्रिय सभाका लागि केन्द्रमा सिफारिस गरिएको छ ।

गण्डकी प्रदेशबाट जम्मा १७८ जनाको सिफारिस भएकोमा सबैभन्दा बढी कास्कीबाट ४३ जना सिफारिस भएका छन् ।

त्यस्तै गोरखाबाट १६, तनहुँबाट १७, नवलपुरबाट २२, पर्वतबाट १४, बागलुङबाट २४, मनाङबाट २, मुस्ताङबाट ६, म्याग्दीबाट ५, लमजुङबाट १० र स्याङजाबाट १९ जनाको नाम सिफारिस गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *