

जुत्ताको तुनाले घाँटी कसेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पोखरा – पोखरामा जुत्ताको तुनाले घाँटी कसेर श्रीमतीको हत्याको आरोपमा एकजना पक्राउ परेका छन् ।
श्रीमती हत्या आरोपमा प्रहरीले पोखरा–२९ स्थित नयाँ तालचोकबाट ३६ वर्षीय रत्नबहादुर घर्तीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनले आफ्नै २८ वर्षीय श्रीमती रेखा घर्तीको हत्या गरेका हुन् । घाँटीमा जुत्ताको तुनाले कसेर उनले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका सूचना अधिकारी डीएसपी श्रवणकुमार बिकका अनुसार घर्तीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।