नेपाली समाज टेक्सास महासचिवमा विजय भुसालको उम्मेदवारी

भुसाल भन्छन्, 'Conflict of Interest राख्नेबाट समुदायको समस्या समाधान हुन सक्दैन'



काठमाडाैं । अमेरिकाको टेक्सासमा बस्ने नेपालीहरुको संस्था नेपाली समाज टेक्सासको महासचिवका लागि विजय भुसालले उम्मेदवारी घोषणा गरेका छन् ।

यही डिसेम्बर १६ का दिन हुने निर्वाचनका लागि भुसालले राजेन्द्र्र वाग्ले नेतृत्वको प्यानलबाट महासचिवका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

एकदशक भन्दा अगाडिदेखि टेक्सासमा बस्दै आएका भुसाल नेपाली समूदायका बीचमा लोकप्रिय र समूदायका समस्याहरुसँग चिरपरिचित व्यक्तित्वका रुपमा चिनिन्छन् ।

सामाजिक सञ्जालमार्फत आफूले महासचिवको उम्मेदवारी दिएको घोषणा गर्दै भुसालले सामाजिक संस्थामा Conflict of Interest राख्ने समाजसेवीबाट समुदायका समस्याहरु समाधान हुन सक्दैनन भन्ने हाम्रो साझा बुझाई रहेको बताएका छन् ।

उनी लेख्छन्

नेपाली समाज टेक्सासका आदरणीय मतदाता ज्यूहरु नमस्कार

नेपाली समाज टेक्सासको नयाँ नेतृत्वको लागि यही डिसेम्बर महिनाको १६ तारेखमा निर्बाचन हुँदैछ । म सन २०१३ देखि निरन्तर समाजको सेवामा सँलग्न भएको नाताले राजेन्द्र वाग्ले समूहबाट महासचिब पदमा उम्मेदवार रहेको छु । म समुदायका लागि समुदायसँगै रहेकाले समुदायका समस्याहरुसँग परिचित छु । साथै समुदायका लागि काम गर्ने क्रममा बिभिन्न ज्ञान, सीप र अनुभव सँगालेको छु । नेपाली समाज टेक्सास बिशुद्ध समाज सेवा गर्ने सामाजिक सँस्था हो । सामाजिक सँस्थामा Conflict of Interest राख्ने समाजसेवीबाट समुदायका समस्याहरु समाधान हुन सक्दैनन भन्ने हाम्रो साझा बुझाई रहेको छ । त्यसका लागि सक्षम, योग्य, अनुभवी र व्यवसायिक नेतृत्व चाहिन्छ । राजेन्द्र वाग्ले टीमबाट बिभिन्न क्षेत्रमा ज्ञान सीप र अनुभव प्राप्त गरेका समाबेशी व्यक्तित्वहरुले उम्मेदवारी दिनु भएको छ । हामी योजना सहित समुदायको सेवा गर्न आएका छौं । हामी कुरा भन्दा काम गरेर आफुलाई प्रमाणित गर्न चाहान्छौं । समुदायको लागि समुदायसँगै बसेर योजना निर्माण गर्ने, समुदायको बृहत सहभागितामा समस्या समाधानको लागि प्रयास रहने छ । नेपाली समाज टेक्सासको नेतृत्वमा आउनको लागि हाम्रो व्यक्तिगत कुनै स्वार्थ छैन । हामी नेपाली समाज टेक्सासलाई समुदायको हितमा प्रयोग गर्न चाहान्छौं । सँस्थालाई सँस्थागत रुपमा सवल सुदृढ बनाउँदै नेपाली समुदायलाई पनि सशक्त बनाउन चाहान्छौं । त्यसैले राजेन्द्र वाग्ले समूहमा रहेका हामी सबै उम्मेदवारहरु आगामी दुई बर्षको समय समुदायको लागि सदुपयोग गर्ने निर्णय गरेका छौं । त्यसैले राजेन्द्र वाग्ले समूहका सबै उँम्मेदवारहरुलाई अत्यधिक बहुमतले बिजयी गराउन हुन सबै मतदाता रहनु भएका आमा बुवा, दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक अनुरोध गर्दछु ।

बिजय भुसाल

महासचिब पदको उम्मेदवार,

नेपाली समाज टेक्सास

Election Date :- December 16, 2023

Election Time :- 8 AM – 7 PM

Location :- 1212 Royal parkway, Euless, Tx 76040