‘भाग्यमानी’ बालकृष्ण, जसलाई जेलमा हुँदा पनि पार्टीले गर्यो सम्मान…

रुपन्देही । सत्तारुढ दल नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सम्मानित गरेको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्नता देखिएपछि थुनामा रहेका खाँणलाई उनकै भाई नेतृत्वको नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य समितिले सम्मानित गरेको हो ।

उच्च अदालत पाटनले उनको जेलजीवन सदर गरेको भोलिपल्टै पार्टी सभापति देउवाले सम्मानित गरेका हुन् । जिल्ला सभापतिको हैसियतमा रहेका भाइ रामकृष्ण खाँणले बालकृष्णको सम्मान पत्रमा हस्तान्तरण गरेका थिए ।

पूर्वगृहमन्त्रीसमेत रहेका खाँण नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा वैशाख २७ गते निवासबाटै प्रहरीले पक्राउ गरेको थियो।

सभापति देउवाले ‘अदालतबाट अभियोग पुष्टि भई नसकेको’ भन्दै खाँणले न्याय पाउने बताउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *