

नेपाली सेनाका जवान बोहरा धनुषामा मृत फेला

धनुषा – धनुषामा नेपाली सेनाका जवान मृत अवस्थामा फेला परेका छन्।
नेपाली सेनाको मध्य पूर्वी पृतना धारापानी धनुषामा कार्यरत बिक्रम सिंह बोहरा मृत अवस्थामा फेला परेका हुन्।
बैतडी दशरथचन्द-४ घर भएका बोहरा आइतबार बिहान ४:४० मा धनुषाको मिथिला-१० लालगढस्थित रातु खोलामा मृत अवस्थामा फेला परेका थिए ।
बोहराको मृत्युबारे प्रहरीले अनुसन्धान थालेको छ ।