नेपाली सेनामा राजनीतिक चलखेलले दुर्घटना निम्त्याउँछः डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा चलखेल नगर्न चेतावनी दिएका छन् ।

डा. कोइरालाले सामाजिक सञ्जालमार्फत् नेपाली सेनामा माओवादीका पूर्वलडाकुका लागि नियमको दुरुपयोग गरि बढुवा गरेकोप्रति लक्षित गर्दै उक्त कुरा बताएका हुन् ।

माओवादी सेनाबाट समायोजन भई नेपाली सेनाको उच्च तहमा पुगेका रथी यमबहादुर अधिकारीको समयावधि थपका लागि सरकारले गरेको निर्णयले नेपाली सेनाभित्र चरम् असन्तुष्टि देखिइरहेको बेला डा. कोइरालाको यस अभिव्यक्तिले सेनामा खुशीको सञ्चार देखिने अपेक्षा गरिएको छ ।

उनी लेख्छन्, ‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पुर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *