

दशैंको मुखमा ह्वात्तै घट्यो पेट्रोलियमको मूल्य, के–कति घट्यो ?

काठमाडौं । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिले आज राति आइतबार राति १२ बजेपछि लागू हुने गरी डिजेल, पेट्रोलको मूल्य घटाएको हो ।
स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको छ । जसअनुसार पेट्रोलको मूल्य मात्रै प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।
भारतीय आयल र्कोरेसन आईओसीबाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।