नाम जोडिएकोमा हङकङ निवासी उप्रेतीको आपत्ति

काठमाडौं । दुर्गा प्रसाईँलाई निमन्त्रणा गरी सञ्चालन गरेको एउटा कार्यक्रमको विषयमा भ्रमपूर्ण चर्चा गरेको भन्दै हङकङस्थित एजी एक्स्प्रेस कार्गोका सञ्चालक आपत्ति जनाएका छन्।

सञ्चालक तुलसी उप्रेतीले एक विज्ञप्ति जारी गरी उनले एक अनलाइनमा प्रकाशित समाचारमा आफ्नो र कम्पनी नाम जोडेको भन्दै आपत्ति जनाएका हुन्।

उनले आइतबार विज्ञप्ति जारी गरी उनले भनेका छन्,‘अनलाइन समाचार पोर्टलमा ‘दुर्गा प्रसाईँ हङकङमा हुन्डीवालाको घेराबन्दीमा!’ शीर्षकको समाचारप्रति ध्यानाकार्षणसहित आपत्ति जनाउन चहान्छु।’

विज्ञप्तिमा  ‘हङकङमा रहेका नेपालीका लागि सार्वजनिक उपस्थितिको सहजता रहँदा कार्यक्रममा को आए वा आएनन्, कसको काम के हो भन्ने विषयमा आयोजकले खोजीनीति राख्ने कुरा आएन। तर, हुन्डीवालाको घेराबन्दी भनी नाम र तस्बिरसहित अम्बाला ग्रुप अफ कम्पनी र एजी एक्सप्रेस कार्गो हङकङ’को बदनाम गर्ने बदनियतका साथ समाचार प्रकाशित गरिएका कारण मेरो व्यक्तिगतसहित संस्थागत क्षति भएको छ’ भनि उल्लेख गरिएको छ ।

bigyapti1694347113.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *