

लहान आउँदै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा

लहान – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा लहान आउने भएका छन् ।
नेपाली कांग्रेस सिरहा क्षेत्र नं. १ को आयोजनाको क्षेत्रीय सम्मेलनमा सम्बोधनका लागि महामन्त्री शर्मा लहान आउन लागेको क्षेत्रीय सभापति एवं लहान नगरपालिकाका मेयर महेश चौधरीले जनाए ।
चौधरीका अनुसार नगरसभाहलमा यही २८ गते बिहीबार आयोजना गरिने क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथिका रुपमा शर्मा आउने भएका हुन् ।