डा. घिमिरेलाई चलचित्र कलाकार संघको मानार्थ सदस्यता

काठमाडौं । चलचित्र कलाकार संघले बरिस्ठ दन्त चिकित्सक डा.सुभाष घिमिरेलाई मानार्थ सदस्यता प्रदान गरेको छ ।

नेपाल चलचित्र कलाकार सङ्घले आफ्नो ३५औँ स्थापना दिवस कार्यक्रममा डा.घिमिरेलाई मानार्थ सदस्यता प्रदान गरेको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सङ्घकी संरक्षक वसुन्धरा भुसाल, पूर्व अध्यक्ष तथा सल्लाहकारहरू कृष्ण मल्ल, रमेश बुढाथोकी, सल्लाहकार राजकुमार राई, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, कानुनी सल्लाहकार कृष्ण ढुङ्गाना, चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष कुबेर गिरी, कलाकार सन्तोष पन्त, अभिनेत्री चैत्यदेवि सिंह, निर्देशक द्वय आकाश अधिकारी र नरेश पौडेल, कलाकार आरपि पन्त, तैयव शाह, मुकुन्द किशोर भट्टराई लगायतको उपस्थिति रहेको कार्यक्रममा दन्त चिकित्सक डा. सुवास घिमिरेलाई सङ्घको मानार्थ सदस्यता प्रदान गरिएको थियो ।

नेपाली फिल्म कलाकारिता क्षेत्रमा योगदान दिएबापत संघको विधानअनुसार डा. घिमिरेलाई मानार्थ सदस्यता दिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *