सेनाको शान्ति सैनिकको १३औं डफ्फा दक्षिण सुडान प्रस्थान

काठमाडाैं । नेपाली सेनाको तारादल गण (शान्ति सेना) १३औं डफ्फाका २१४ जना शान्ति सैनिकहरु दक्षिण सुडानको राष्ट्रसंघीय शान्ति मिसनका लागि प्रस्थान गरेका छन्।

संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा बिहीबार राती उनीहरु दक्षिण सुडान प्रस्थान गरेका हुन्। यही बिमानमा १३ भदौमा  मिशनमा सहभागी शेर गण (शान्ति सेना) १२औं डफ्फाका २१२ जना सैनिकहरु स्वदेश फिर्ता भएका थिए।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अफ्रिकी मुलुक दक्षिण सुडानमा तैनाथ मिसनमा नेपाली सेनाका दुई इन्फेन्ट्री बटालियन र एक हाई रेडिनेश कम्पनीमा गरी १७०० फौज तैनाथ छन्।

यसबाहेक दक्षिण सुडानमा एकजना सेक्टर कमाण्डर, ४७ जना स्टाफ अधिकृत र १० जना सैनिक पर्यवेक्षकसहित कुल १७५८ जना नेपाली सैनिक कार्यरत छन्। दक्षिण सुडान नेपाली सेनाबाट सबैभन्दा धेरै जनशक्ति खटिएको संयुक्त राष्ट्रसंघीय शान्ति मिशन हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *