

विपतमा सशस्त्रको साथः डुवानमा परेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्धार

बाँके । अबिरल बर्षाका कारण डुबानमा परेका बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका २० गायत्रीनगरस्थित सकुम्बासी बस्तीका बासिन्दाहरुलाई
सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ ।
भाद्र ८ गते विहान बस्ती डुवानमा परी मानिसहरु बाहिर निस्कन नकसेको भन्ने खबर प्राप्त भएपछि सुरक्षा बेस राँझाबाट आवश्यक उद्धार सामाग्रीसहित सशस्त्र प्रहरीको टोली खटिएको थियो ।
उद्धार टोलीले सो स्थानका ४ घरपरिवारका व्यक्तिहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सार्नुका साथै घरका सरसामानहरु समेत सुरक्षित स्थानमा सारेको हो ।