सशस्त्रद्वारा ‘प्रहरीको सई हुँ’ भन्दै नक्कली पेस्तोल देखाएर ठगी गर्ने पक्राउ



सिरहा । सिरहामा ‘प्रहरीको सई हुँ’ भन्दै नक्कली पेस्तोल देखाएर लुटपाट गर्न खोज्ने एकजना पक्राउ परेका छन् ।

सिरहाको नेपाल भारत सीमाक्षेत्र बडियारपट्टी गाउँपालिका ३ मा व्यवसायीलाई प्रहरी हुँ भन्दै धम्क्याइरहेको अवस्थामा उनलाई सशस्त्र प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाकै लक्ष्मीपुरपतारी-१ का मुकुन्द कुमार साह रहेको प्रहरीले जनाएको छ ।

भारतबाट नेपाल तर्फ आइरहेका लक्ष्मीपुरपतारी-२ का मुकेश यादव र सखुवानन्कारकट्टी-१ का सदन नारायण दासलाई उनले नक्कली पेस्तोल देखाउँदै ‘नेपाल प्रहरीको सई हुँ’ भन्दै धम्क्याई रहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका साहलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ ।