

सशस्त्र बरिष्ठ हवल्दार थापा खोलाको किनारमा मृतावस्थामा भेटिए

सुर्खेत । जुम्लास्थित सशस्त्र प्रहरी बल नं. ३३ मा कार्यरत सशस्त्र प्रहरी बरिष्ठ हवल्दार रामबहादुर थापा मृत भेटिएका छन् ।
शनिबार (आज) बिहान सुर्खेतको वीरेन्द्रनगर ११ स्थित चौखेढुंगा नजिकै नेवारे खोलाले बगाएर ल्याएर पुलको छेउमा अड्काएको अवस्थामा उनको शव फेला परेको जनाइएको छ ।
खोलाको किनारमा वेवारिसे अवस्थामा लास देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि अनुसन्धानको क्रममा उक्त शव हवल्दार थापाको भएको पुष्टी भएको थियो ।
वीरेन्द्रनगर १२ स्थित बिरुवाबारी चोकमा बस्दै आएका थापाको मृत्यु के कसरी भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको पनि जनाइएको छ ।