

ज्योति प्रकाशको संगीतमा ‘तिम्रो याद’ सार्वजनिक (भिडियोसहित)

काठमाडाैं । संगीतकार ज्योति प्रकाशको नयाँ गीत ‘तिम्रो याद’ सार्वजनिक भएको छ। गीतकार कृष्ण आचार्य रोशनीले लेखेको गीतमा मनोज राजले स्वर दिएका छन्।
इस्टु कार्की र धीरेन्द्र शाहीले अभिनय गरेको यस रोमान्टिक गीतमा ‘प्लस टू’मा अध्ययनरत विद्यार्थी र सडक सफा गर्ने कुचीकारबीचको प्रेमकथा देखाइएको छ।
गीतको भिडियोलाई दीपेन्द्रप्रकाश केसी र गोविन्द अञ्जानले निर्देशन गरेका छन्।
भिडियोः