

तरुण दल नवलपुरका सभापति गुरुङको निधन

कावासोती । नेपाली कांग्रेसको नवलपुर प्रतिनिधि सभा क्षेत्र नं १, प्रदेश सभा क्षेत्र नं ‘ख’का उपसभापति एवं नेपाल तरुण दलका जिल्ला सभापति मिनराशी गुरुङको निधन भएको छ ।
कावासोतीका स्थायी बासिन्दा साथै नवलपुर नेपाली कांग्रेसकै खम्बाका रुपमा विगत लामोसमयदेखि सक्रिय गुरुङको असामयिक निधनले संगठनलाई ठूलो असर परेको जनाउँदै विभिन्न व्यक्तित्वहरुले श्रद्धाञ्जली तथा परिवारलाई समवेदना प्रकट गरेका छन् ।
विवाहित गुरूङका एक छोरा, एक छोरी र श्रीमती छन् ।