

कालीगण्डकीमा हाम्फाल्दा कोटाकोटका टोपीलाल बेपत्ता, खोजी गर्दै प्रहरी

स्याङ्जा । स्याङ्जा र गुल्मी जोड्ने मोटरेवल पुलबाट ५८ वर्षीय टोलीपाल राना कालीगण्डकीमा हाम्फालेका छन् ।
मंगलबार साँझ हाम्फालेका टोलीपालको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । राना स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–२ कोटाकोटबेशीका स्थानीय हुन् ।
बेपत्ता टोलीपालको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका इन्स्पेक्टर पदमराज थापाले जानकारी दिए ।