घोषणा अघिनै NRN NCC USA को निर्वाचनको नतिजा सार्वजनिक !

पेन्सिलभेनिया । गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आगामी कार्यकालको लागि भएको निर्वाचनको नतिजा घोषणा हुनुपूर्वनै बाहिरिएको छ ।

निर्वाचन समितिले घोषणा गर्नुपूर्व नै अध्यक्षमा डा. अर्जुन बन्जाडे विजयी भएको सूचना बाहिरएको हो।

प्राप्त मत संख्खा नै खुलाएर नजिता बाहिरिए पनि त्यसको आधिकारिक घोषणा नै अन्यौलमा परेको छ।

निर्वाचन आयोगले आफु भन्दा पहिला अन्यत्रैबाट नतिजा बहिरिनुलाई आपत्ति जनाएको छ। अब के गर्ने भन्नेमा निर्वाचन आयोगका पदाधिकारी र उमेदवारका प्रतिनिधि बीचमा विवाद भएको जनाइएको छ।

आइसीसीबाट चुहिएको सूचना अनुसार बन्जाडे नौ सय ३३ मत अन्तरले विजयी भएका हुन्। बन्जाडेले पाँच हजार सात सय ३९ मत प्राप्त गरेको समाज टाइम्सलाई प्राप्त सूचनामा उल्लेख छ।

यस्तै डिलु पराजुलीले चार हजार आठ सय ६ मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगले कुल १३ हजार ६ सय ९१ जनामा मताधिकार दिएको थियो। ११ हजार दुई सय ६२ जनाले मतदान गरेका थिए।

निर्वाचन आयोगका अनुसार बरिष्ठ उपाध्यक्षमा बिकास उप्रेती विजयी भएका छन्। उप्रेति बञ्जाडे समुहका हुन्।

उपाध्यक्षमा पनि बञ्जाडे समुहकै बाहुल्यता रहेको छ। प्रेम तामाङ, नेत्र पाण्डे, ज्ञानेन्द्र गुरुङ र भानु खरेल विजयी भएका छन्। खरेल मात्र पराजुली टिमका हुन्।

पहिला उपाध्यक्षमा सुनिता कडेल र युवा उपाध्यक्षमा अनुप खनाल विजयी भएका छन्।

महासचिवमा रामहरि अधिकारी विजयी भएका छन्। अधिकारीले गोपेन्द्र भट्टराईलाई हराएका हुन्। अधिकारी पराजुली समुहका हुन्। सचिवमा दिपक सापकोटा विजयी भएका छन्।

उमेदवारको प्रतिनिधि र निर्वाचन आयोगका पदाधिकारी शनिवार देखि नै न्यु योर्कको नागराफल स्थित एक होटलमा बसेर काम गरि रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *