

यी ७ सई भए बरिष्ठ सईका लागि बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्राविधिकतर्फका प्रहरी बरिष्ठ नायब निरीक्षक (सई) मा बढुवाका लागि ७ जना सिफारिस भएका छन् ।
७ गते बसेको बढुवा समितिको निर्णयअनुसार सूचना प्रविधि कम्प्युटरतर्फका ६ र आवास तथा भौतिक इन्जिनियरिङतर्फबाट १ जना गरी ७ जनाको बढुवा सिफारिस भएको हो ।
प्रधान कार्यालयका अनुसार बढुवा सिफारिस हुनेमा खेमराज श्रेष्ठ, बैजु कापर, संगीता कार्की, अञ्जन राय, कपुर शाही, नरेन्द्र प्रसाद बुढा र आवासतर्फ वीरबहादुर श्रेष्ठ छन् ।