

ललिता निवास जग्गा प्रकरण : थप दुईजना पक्राउ, पक्राउ पर्ने कति पुगे ?

काठमाडौं । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुईजना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले सोमबार नक्कली मोही बनेर ललिता निवास जग्गा हडपेको आरोपमा सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको हो ।
उनीहरु पक्राउ परेसँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ ।