

सशस्त्रद्वारा पाैने २ करोडको सुनसहित रूपन्देहीबाट एक पक्राउ

रूपन्देही । सशस्त्र प्रहरी बल, नेपालले रुपन्देहीबाट भारततर्फ तस्करी भइरहेको करिब दुई करोड रुपैयाँको सुन बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म, डण्डा, रुपन्देही मातहतको बीओपी बयरघाटले शनिबार राति लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ स्थित कालीदहमा सुनसहित गाडी बरामद गरेको हो ।
भारततर्फ जाँदै गरेको बा १२ च ३८२० नम्बरको मारुती सुजुकी कारभित्र दुई वटा सुनका बिस्कुट लुकाएको अवस्थामा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । चालक मात्र रहेको सवारी साधनमा फेला परेको सुनको अन्दाजी मूल्य एक करोड ८८ लाख २७ हजार हुन आउँछ ।
शनिबार राति नै सुन र १५ लाख रुपैयाँ गाडीको मूल्य कायम गरेर गरेर दुई करोड तीन लाख २७ हजार मूल्य बराबरको धनमाल भन्सार कार्यालयलाई बुझाइएको बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनानकारी दिए ।