

हेडक्वार्टरले निकाल्यो १९ बेपत्ता प्रहरीलाई सात दिने सूचना

काठमाडौं । नेपाल प्रहरीले कार्यालयको सम्पर्कमा नरहेका १९ प्रहरीहरूलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले कार्यालयको सम्पर्कमा नरहेका १९ प्रहरीलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।
आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा/गराउँदासमेत सम्पर्कमा नरहेका प्रहरीलाई सातदिनभित्र सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन सूचनामार्फत अनुरोध गरेको छ ।
आजको मितिबाट सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरूलाई सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।
हेर्नुस् सूचना :