जापानमा मृतावस्थामा भेटिए रुकुमका अमृत

टोकियो । जापानमा एक नेपाली विद्यार्थी मृत फेला परेका छन्।

बुधबार जापानको इबाराकीको चुकुवा सिटी कानामेमा रूकुमका ३४ वर्षीय अमृत बुढा मृत फेला परेको जनाइएको छ ।

मे २ देखि काम गर्ने कम्पनीमा नगएपछि कम्पनीले सोधखोज गर्दा उनको कोठामा मृत अवस्थामा भेटिएको थियो ।

उनी बस्ने घरसम्म सोधखोज गर्दापनि नभेटिएपछि सोमबार कोठाका खान्द्रीलाई खबर गरी कोठा खोलेर हेर्दा उनी मृत फेला परेको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरेले जानकारी दिए।

उनको शव सडेगलेको अवस्थामा फेला परेको पनि वरिष्ठ उपाध्यक्ष निउरेले जानकारी दिएका छन्। शव सडेगलेको अवस्थामा रहेकाले भोलि दिउँसो साढे १ बजे जापानमै अन्त्येष्टी गर्न लागिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *