

खेतमा काम गर्दा गर्दै चट्याङ लागेर सारूले गुमाए ज्यान

चितवन । नवलपरासीमा चटयाङ लागेर दुई जनाको मृत्यु भएको छ ।
बुधवार बिहान चटयाङ लागेर विनयी त्रिवेणी गाउँपालिका–१ भटुकेका ५७ बर्षिया छविलाल सारुको चट्याङ लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार बिहान ६ः३० बजे उनलाई चटयाङ लागेको थियो । चटयाङ लागे लागे पछि उपचारको क्रममा उनको निधन भएको हो ।
सो नगरपालिकाको गोग्दीस्थीत खेतमा काम गर्न गएका श्रीमान-श्रीमती मध्ये श्रीमानलाई भने चट्याङ लागेको थियो । खेतमा चट्याङ लागेर घाईते भए पछि घर ल्याउनासाथ श्रीमान छबिलालको मृत्यु भएको पुर्वी नवलपरासी प्रहरीले जनाएको छ ।
उता, पश्चिम नवलपरासीमा पनि हिजाे एक जनाको चट्याङ लागेर निधन भएको थियो ।