ड्युटीमा रहेकै बखत सशस्त्रका सईमाथि खुकुरी प्रहार

कञ्चनपुर । कञ्चनपुरमा ड्युटीमा रहेका सशस्त्र प्रहरी बल नेपालका सईमाथि खुकुरी प्रहार भएको छ।

गएराति दोधाराचाँदनी नगरपालिका- ७ कन्चनभोजस्थित ड्युटीमा रहेका कञ्चनभोज बिओपीका प्रमुख सशस्त्र प्रहरी नायव निरीक्षक नरेन्द्र चैसिरमाथि एक गिरोहले आक्रमण गरेको हो।

राति करिब १० बजेको समयमा झोलुङ्गे पुलमा बसिरहेको एक समुहलाई घर जान आग्रह गर्दा सोही गिरोहका रोहन बयकले खुकुरी प्रहार गरेको सशस्त्र प्रहरीले जनाएको छ।

खुकुरी प्रहारबाट सई चैसिरको हातमा चोट लागेको छ भने आक्रमणकारी गिरोह फरार रहेको बताइएको छ।

नेपाल प्रहरीको सहयोगमा आक्रमणकारीको खोजी गरि कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने सशस्त्र प्रहरी बलले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *