सूर्यज्योति लाइफ इन्स्योरेन्सको MDRT MEET 2023 भव्यताका साथ सम्पन्न



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले MDRT MEET 2023 धुलिखेलमा भव्यताका साथ सम्पन्न गरेकोछ ।

उक्त कार्यक्रममा MDRT 2023 का लागि मनोनित सम्पुर्ण MDRT हरुलाई सम्मान गर्नुका साथै COT हुन सफल गौरब कुमार शाही र TOT कमलप्रसाद घिमिरेलाई विशेष सम्मान गर्दै TOT घिमिरेलाई रोयल इन्फिल्ड मोटरसाईकल कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्तान्तरण गरेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतहरुले उक्त कार्यक्रममा COT, TOT तथा MDRT हरूलाई सम्मान गर्नुका साथै उत्प्रेरणात्मक तालिम प्रदान गरेका थिए ।

सोहि कार्यक्रममा उपस्थि त सम्पुर्ण व्यक्तित्वहरुले एकसाथ कम्पनीको २०८० सालको क्यालेन्डर अनावरण गरेका थिए । उक्त क्यालेन्डरमा देशका विभिन्न स्थानहरुबाट सूर्यज्योति झल्किने मनमोहक तस्बिरहरु समावेश गरिएको छ ।

यस कार्यक्रमले आगामी वर्षहरुमा MDRT संख्या अझ बृद्धि गर्ने हौसला मिलेको कुरा COT गौरव कुमार शाहीले जानकारी गराए । सोही कार्यक्रममा TOT कमल प्रसाद घिमिरले अभिकर्ता पेशालाई मर्यादित बनाउन अहोरात्र खटिने जानकारी गराए ।

वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले सदैव लक्ष्य उच्च राखेमा अवश्य सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश कार्यक्रममा व्यक्त गरेका थिए । प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले आगामी वर्षमा तुलनात्मक हिसाबले MDRT हरूको संख्यामा वृद्धि गर्न हौसला दिँदै आजैबाट आफ्नो गन्तव्यतिर लाग्न प्रेरित गरेका थिए ।

सूर्यालाइफ र ज्योतिलाइफको सफल मर्जर पश्चात बनेको ISO 9001:2015 बाट सम्मानित सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चु्क्ता पूँजी रु. ४.५४ अर्ब रहको र देशभर १८१ शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आएको छ।