बाबु बन्दै बालेन !



काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहको जीवनमा अर्को ठूलो खुशीको क्षण आउन लागेको छ ।

उनी चाँडै नै बुवा बन्दैछन् । विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलोचोटि बुवा-आमा बन्न लागेका हुन् ।

निकटस्थका अनुसार भिडिओ एक्सरेमा सविनाको पेटमा जुम्ल्याहा बच्चा देखिएका छन् ।

बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो ।

मोरङ, उर्लाबारीकी सविना आरजे थिइन् । पब्लिक हेल्थमा मास्टर्स गरेकी उनले विभिन्न संघ-संस्थाहरूमा पनि काम गरेकी छन् । उनी लेखिका पनि हुन् । उनको ‘दीप-लता’ नामको उपन्यास प्रकाशित छ ।

सामाजिक सञ्जालमा पनि उनी आफ्ना कथा-कविताहरू सेयर गर्छिन् । केही समयदेखि उनी घरै बसेर गृहणीको भूमिका निभाइरहेकी थिइन् ।

टिकटकमा केही दिनअघि आएको एउटा भिडिओले बालेन र सविना सन्तानलाभको क्रममा रहेको संकेत गरेको थियो । सो भिडिओ होलीका बेला खिचिएको हो ।

मेयर बालेन गए राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायत प्रस्थान गरेका छन् । उनी स्वास्थ्य सहर शिखर सम्मेलनमा भाग लिन बेलायत प्रस्थान गरेको काठमाडौँ महानगरपालिकाले जनाएकाे छ। मेयर बालेन चैत ५ गते स्वदेश फर्किने कार्यक्रम छ।