

पाैडेल बने नेपालको नयाँ राष्ट्रपति

काठमाडौं । राष्ट्रपतिमा कांग्रेस उमेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । भर्खरै सम्पन्न निर्वाचनमा ३३८०२ मतभार प्राप्त गरी उनी निर्वाचित भएका हुन् ।
सम्पन्न मतगणनाअनुसार पाैडेल अर्का उम्मेदवार नेकपा एमालेका सुवास नेम्वाङलाइ पराजित गर्दै नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।
पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए ।
अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाए ।
संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।