रिस्तीखोलादेखि शितलनिवाससम्म पाैडेलको यात्रा…



काठमाडौं । राष्ट्रपतिमा कांग्रेस उमेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । भर्खरै सम्पन्न निर्वाचनमा ३३८०२ मतभार प्राप्त गरी उनी निर्वाचित भएका हुन् ।

सम्पन्न मतगणनाअनुसार पाैडेल अर्का उम्मेदवार नेकपा एमालेका सुवास नेम्वाङलाइ पराजित गर्दै नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।

संक्षिप्तमा रामचन्द्र पाैडेलः

गणतन्त्र नेपालका तेस्रो राष्ट्रपति

नाम: राम चन्द्र पौडेल

बर्ष: ७८

जन्म: विसं. २००१ साल असोज २९

बुबा: दुर्गाप्रसाद पौडेल

आमा: ऋषि माया पौडेल

श्रीमती: सविता पौडैल

सन्तान: १ छोरा ४ छोरी

जन्म स्थान: तनहुँको रिस्ती गाविस स्थित बाहुनपोखरा

हाल बसोबास: बोहोराटार, काठमाडौं

 

राजनीतिक यात्रा:

– १६ वर्षको उमेर देखि नै राजनीतिमा लागे । राजा महेन्द्रले ०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि आक्रोशको ज्वालामुखी बोकेर आफु राजनीतिक यात्रामा।

– नेपाली कांग्रेसद्वारा सञ्चालित ०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता ।

– ०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता ।

– २०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित

– २०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिवमा निर्वाचत ।

– २०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापनामा सहभागी थिए ।

– नेवि संघ  संस्थापक केन्द्रीय सदस्य  ।

– २०४० सालमा कांग्रेस केन्द्रीय प्रचार समितिको संयोजक ।

– २०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य ।

– त्यसयता निरन्तर केन्द्रीय समितिमा।

– २०४८ मा तनहुँ १ बाट संसद सदस्यमा निर्वाचित ।

– २०४८ को  सरकारमा स्थानीय विकासमन्त्री ।

– २०४९ मा स्थानीय विकास तथा कृषि मन्त्री ।

– २०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट  निर्वाचित  ।

– २०५१ सालको प्रतिनिधि सभामा सभामुख निर्वाचित ५ वर्ष सेवा ।

– २०५६ सालमा तनहुँ २ बाट संसद सदस्यमा तेस्रो पटक निर्वाचित ।

– २०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी  ।

– २०६२ सालमा कांग्रेस महामन्त्री ।

– माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति सचिवालय  संयोजक ।

– २०६३ सालमा  शान्ति तथा पुनर्निमाण मन्त्री।

– २०६४ सालमा नेपाली कांग्रेसको उपसभापति ।

– २०६४  संविधानसभा चुनावमा तनहुँ २ बाट चौथोपटक निर्वाचित ।

– २०६५ सालमा  नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित ।

– २०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौं पटक निर्वाचित  ।

– २०७४ सालमा प्रतिनिधि सभाको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट एमाले नेता किसन श्रेष्ठ संग पराजित।

– २०७९ अन्तर्गत तनहुँ-१ बाट निर्वाचित भएर  छैटौँ पटक संसद्को यात्रा तय।

– पञ्चायती राजतन्त्रका विरुद्ध संघर्षका क्रममा २०१९ देखि वि.सं. २०४६ सम्म विभिन्न पटक गरी १५  वर्ष जेल जीवन ।

– त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर ।

– संस्कृत साहित्यमा त्रिवि बाटै  शास्त्री पास ।

प्रजातान्त्रिक समाजवादः एक अध्ययन, नेपाली कांग्रेस के भन्छ ?  ,

नयाँ सन्दर्भमा समाजवाद लगायतका तीन वटा पुस्तक प्रकाशित ।

सवल पक्ष: गुट रहित राजनीतिक यात्रा

दुर्बल पक्ष: कार्यकर्ताको संरक्षण गर्न नसक्ने