आफ्नै पसलमा अज्ञात व्यक्तिले हानेको गोली लागि तनहुँका लामिछानेको अमेरिकामा मृत्यु



तनहुँ । अमेरिकाको कोलोराडोमा आफ्नै स्टोरमा काम गर्दै आएका नेपाली भेषराज लामिछानेको बन्दुकधारीद्धारा गोली हानी हत्या गरिएको छ ।

नेपालको तनहुँ स्थायी घर भई सन् २०१४ मा डिभीमार्फत अमेरिका गएका लामिछाने चार छोराछोरी र श्रीमतीसहित कोलोराडोमा बस्दै आएका थिए। उनको हत्यापछि हत्याराले उनकै गाडी लिएर भागेको थियो ।

५३ बर्षीय लामिछानेलाई बिहिबार राती हुईटरीज, कोलोराडोको कन्भिनियन्स स्टोरमा काम गरिरहेको अबस्थामा गोली हानी हत्या गरिएको जनाइएको छ ।

स्टोरका संचालक समेत रहेका लामिछानेलाई बिहीबार बेलुका ८ बजे व्यवसायमा गोलीप्रहार गरिएको जनाइएको थियो । घटनाबारे जानकारी पाएलगत्तै घटनास्थलमा प्रहरी पुग्दा लामिछाने मृत फेला परेका थिए भने घटनास्थलमा कुनै संदिग्ध व्यक्ति थिएन।

भिडियो रेकर्डमा संदिग्धले क्लर्कलाई आक्रमण गरेको र त्यसपछि गोली हानेर हत्या गरेको देखिएको थियो । त्यसपछि संदिग्ध पीडितको कारमा घटनास्थलबाट फरार भएको देखिएको थियो ।