उपरथी शाहीबारे छानबिन गर्न ‘कोर्ट अफ इन्क्‍वाइरी’ गठन

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले ‘कोर्ट अफ इन्क्वाइरी’ गठन गरेका छन्।

आर्थिक अनियमिततामा मुछिएका सैनिक उपरथी प्रेम शाहीबारे छानबिन गर्न प्रधानसेनापति शर्माले उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वाइरी’ गठन गरेको नेपाली सेनाका प्रवक्ता एवं उपरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

कोर्ट अर्फ इन्क्वाइरी गठन गरिएको कोर्ट अफ इन्क्वारीले उनीमाथि लागेको आरोपका विषयमा छानबिन गर्ने र सोही प्रतिवेदनका आधारमा उपरथी शाहीबारे कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए ।

उपरथी शाहीलाई गत पुस १९ गते सैनिक प्रहरीले नियन्त्रणमा लिएको थियो। पदमा रहँदा आर्थिक अनियमितता गरेको आरोप लगेपछि शाहीलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको हो।

उपरथी शाही पुस २० गतेबाट नियमित अवकाशमा जाँदै थिए। आफ्नो जन्म मितिमा एक वर्ष उमेर घटाइएको भन्दै उनले गत ७ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। शाहीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पुस १३ गते अवकाशमा जाने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

उनले आफ्नो जन्म मिति २०२३ पुस २२ कायम हुनुपर्ने माग गर्दै आइरहेका छन्। सर्वोच्चको आदेशपछि शाहीले थप एक वर्ष जागिर खान सक्थे। तर, जङ्गी अड्डाले उनलाई आर्थिक अनियमिततासम्बन्धी विषयमा सोधपुछ गर्न नियन्त्रणमा लिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *