

बुटवलमा अज्ञात समूहद्वारा परिवारैमाथि आक्रमण, बाबुको मृत्यु, २ छोरा घाइते

बुटवल । बुटवल उपमहानगरपालिका-१३ बेलबासमा एक परिवारमाथि अज्ञात समूहले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।
बेलबास झोलुंगेपुल निवासी ५५ वर्षीय यमप्रसाद नेपालको परिवारमाथि अज्ञात समूहले आक्रमण गरेको हो । आक्रमणमा परी नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुई छोराहरू दिवस र दिपेश नेपाल घाइते भएका छन् । उनीहरूमाथि कस्ले आक्रमण गरेको हो भन्नेबारे खुल्न नसकेको र अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।