

कोरोनाबाट वीर अस्पतालमा एक जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा आज थप एक जनाको मृत्यु भएको छ ।
काठमाडौं स्थिति वीर अस्पतालमा संक्रमणबाट ५७ वर्षीय एक पुरुषको मृत्यु भएको हो
थप एक संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० पुगेको छ ।
आज ७ सय ८३ को नमुना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज तीन जना संक्रमण मुक्त भएका छन् ।
शुक्रबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २१ पुगेको मन्त्रालयको भनाइ छ ।