

रवि लामिछाने २८ हजार बढी मतअन्तरले अगाडि, दोस्रोका लागि उमेश र कृष्णभक्तबीच प्रतिस्पर्धा

चितवन । रवि लामिछाने २८ हजार बढी मतअन्तरले अगाडि रहेका छन् । चितवन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका लामिछाने पछिल्लो मतगणनाअनुसार ४२ हजार २ सय ४१ मत ल्याउँदै अग्रस्थानमा रहेका छन् ।
सोही स्थानमा नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३ हजार २९२ मत ल्याएका छन् भने एमालेका कृष्णभक्त पोखरेलले १३ हजार ३०८ मत प्राप्त गरेका छन् । यी दुईबीच दोस्रो स्थानका लागि प्रतिस्पर्धा भईरहेको छ ।
लामिछाने र कांग्रेसका श्रेष्ठबीच २८ हजार ३१२ मत अन्तर रहेको छ ।
अहिलेसम्म उक्त निर्वाचन क्षेत्रको ७३ हजार ९४४ मत गणना भइसकेको पनि निर्वाचन कार्यालयले जनाएको छ ।