प्युठानबाट कांग्रेसका रोज राणा बने प्रदेशसभा सदस्य



प्यूठान । चलचित्र निर्माता रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेश सभाका सांसद बनेका छन्।

नेपाली कांग्रेसका थापा प्यूठान प्रदेश सभा १ ‘२’ बाट प्रदेश सांसदमा निर्वाचित भएका हुन्।

उनले नेकपा एमालेका हरि रिजाललाई १ हजार ७ सय १२ को मतान्तरले पराजित गरेका हुन्। थापाले २२ हजार ५ सय १८ र एमालेका रिजालले २० हजार ८ सय ७ मत प्राप्त गरे ।