घोषित २२ मध्ये कांग्रेसले जित्यो १३ सिट, अरू कसले मारे त बाजी (नामसहित)

काठमाडाैं – प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। केही स्थानको अन्तिम परिणाम आउने क्रम सुरू भइसकेको छ।

अहिलेसम्म २२ स्थानको मतपरिणाम आइसकेको छ।

यी क्षेत्रमध्ये नेपाली कांग्रेसले १३, नेकपा एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३,  राप्रपाले १, नेकपा एकीकृत समाजवादीले १ र नागरिक उन्मुक्ति पार्टीले १ ठाउँमा जितेका छन्।

नेपाली कांग्रेसः

  • काठमाडौं- १, प्रकाशमान सिंह
  • डडेल्धुरा, शेरबहादुर देउवा
  • काठमाडौं- ४ गगन कुमार थापा
  • मनाङ, टेकबहादुर गुरुङ
  • मुस्ताङ- १, योगेश गौचन थकाली
  • रसुवा, मोहन आचार्य
  • ललितपुर- १, उदयशमशेर राणा
  • काठमाडौं- ५, प्रदीप पौडेल
  • काठमाडौं- ३, सन्तोष चालिसे
  • सुर्खेत-२, हृदयराम थानी
  • तनहुँ-२, शंकर भण्डारी
  • काठमाडौं- १०, राजेन्द्र केसी
  • पर्सा – ४, रमेश रिजाल

राष्ट्रिय स्वतन्त्र पार्टीः

  • काठमाडौं-७, गणेश पराजुली
  • काठमाडौं-२, सोविता गौतम
  • काठमाडौं-२, विराजभक्त श्रेष्ठ

नेकपा एमालेः

  • ललितपुर-२, प्रेमलाल महर्जन
  • काठमाडौं-९, कृष्ण गोपाल श्रेष्ठ
  • उदयपुर-२,अम्मरबहादुर रायमाझी

राप्रपाः

  • बाँके-२, धवलशमशेर राणा

नेकपा एकीकृत समाजवादीः

  • अछाम- १, शेरबहादुर कुँवर

नागरिकता उन्मुक्ति पार्टीः

  • कैलाली- ३, गंगाराम चौधरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *