नवलपुर–२ का दुवै प्रदेशमा एमाले उम्मेदवार विजयी



नवलपुर । नवलपुर क्षेत्र नं २ का दुवै प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्।

क्षेत्र नं २ (१) र २ मा क्रमशः एमालेकी पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका छन्।

प्रदेश १ मा पद्मा जिसी श्रेष्ठले १९ हजार ३७८ ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका सौगम कुमार सिरपालीले १४ हजार ७४३ मत ल्याएका छन्।

त्यसैगरी प्रदेश २ मा एमालेका लक्ष्मण पाण्डे भारी मतान्तरले विजयी भएका छन्। उनले १८ हजार ८०६ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का गोपाल खनालले १४ हजार ७६१ मत पाएका छन्।