

कांग्रेसले खोल्यो मुस्ताङबाट जितकाे खाता, २९ वर्षे गाैचन बने पहिलो सांसद

काठमाडौ । मुस्ताङमा कांग्रेस उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन्। मतगणनामा कांग्रेसका थकालीले एमालेका निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्।
गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन् ।
२९ वर्षीय योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुन्। २०७४ को निर्वाचनमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गरेका थिए ।