

नवलपुर २ मा कांग्रेसका कार्कीले लिए अग्रता

नवलपुर । नवलपुर क्षेत्र नं. २ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार कार्कीले प्रारम्भिक अग्रता लिएका छन् ।
पछिल्लो तथ्यांकअनुसार १२ सय ६४ मत गणना हुँदा कांग्रेसका कार्कीले ७०६ मत ल्याएका छन् भने एमालेका तिलबहादुर महत क्षेत्रीले ४ सय ९१ मत ल्याएका छन् ।
त्यस्तै घन्टीका उम्मेदवाले ३ मत ल्याउँदा रापपा र लौरोले ४/४ मत पाप्त गरेका छन् ।