

मुस्ताङमा कांग्रेसका गाैचन जित नजिक

मुस्ताङ । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उमेदवार योगेश गौचन थकाली जितनजिक पुगेका छन् ।
पाँच हजार ८२० मतगणना हुँदा थकाली ६०० बढी मतान्तरले अगाडि छन् । थकालीले तीन हजार १५६ मत पाएका छन् ।
नेकपा (एमाले)का उमेदवार प्रेम तुलाचनले दुई हजार ५२१ मत पाएका छन् । यहाँ कुल सात हजार २३० मत खसेको जनाइएको छ ।