

बेलायतबाट दिप्ताले ल्याइन् ‘यो जिन्दगी’

काठमाडौं । बेलायत निवासी दिप्ता थापाको स्वर रहेको गीत ‘यो जिन्दगी…’ सार्वजनिक भएको छ । म्युजिक भिडियोसमेत बनेको गीत बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा वहादुर सुवेदी ‘दुबसु’ले एक समारोहबीच सार्वजनिक गरेका हुन् ।
शिखर सन्तोषको संगीत रहेको गीतमा सन्जित देउजाको शब्द रहेको छ । गीतको भिडियो पनि गायिका दिप्तानै देखिएकी छन् । जसको कोरियोग्राफी उनकै आमा सुनिता गौतमले गरेकी छन् । भिडियोमा छायाँकन, सम्पादन र निर्देशन कुशल श्रेष्ठको रहेको छ ।
गीत र भिडियोले प्रवासमा हुर्किएका नयाँ पुस्तालाई नेपाली गीतसंगीतमा लाग्न साथै कला, संस्कृतिको संरक्षणमा गर्न प्रेरित गर्ने विश्वास आफुमा रहेको गायिका दिप्ताले बताइन् ।