

एनआरएनए इजरायलकी सदस्य सुनुवारको हृदयाघातबाट मृत्यु

काठमाडौं । इजरायलमा कार्यरत एक नेपाली चेलीको निधन भएको छ । वैदेशिक रोजगारको शिलशिलामा लामो समयदेखि इजरायलमा रहेकी नेपाली चेली साबित्री सुनुवारको हृदयघातबाट मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाकी उपाध्यक्ष समेत रहेकी सुनुवारको यहि असोज २० गते मृत्यु भएको उनका भाइ किशोर सुनुवारले बताए ।
विभिन्न संघसंस्थामा आबद्ध सुनुवार कला र प्रतिभाकी धनी थिइन् । सुनुवार एनआरएनए इजरायलकी निवर्तमान कार्यसमिति सदस्यसमेत रहेकी थिइन् ।
सुनुवार वैदेशिक रोजगारीको शिलशिलामा कुवेत हुँदै इजरायल पुगेकी थिइन् । उनको शव नेपाल ल्याउन पहल भैरहेको छ ।
ओखलढुंगा स्थायी घर भएकी सुनुवार विगत १५ वर्षभन्दा बढीदेखि वैदेशिक रोजगारका लागि इजरायलमै कार्यरत थिइन् ।