

प्रधानसेनापति शर्मालाई भेट्न सैनिक मुख्यालय पुगिन् चिनियाँ राजदूत यान्छी

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ राजदूत होउ यान्छीबीच सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको छ ।
चिनियाँ राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता हुने क्रममा प्रधानसेनापतिसँग बिदाई भेट गरेको नेपाली सेनाले जनाएको छ ।
भेटघाटमा प्रधानसेनापति शर्माले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै सुखद् भविष्यको लागि शुभकामना दिएका थिए ।
यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ ।